Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथ विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले यहि सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइटनलाई २–१ ले हराएको हो ।

बोर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरे । ब्राइटनका लागि सोली मार्चले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए ।

तर ६७ औं मिनेटमा सर्मनले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । ७३ औं मिनेटमा डिफोले गोल गरेपछि बोर्नमाउथले २–१ को जित निश्चित गर्‍यो ।

प्रिमियर लिगको यो सिजनमा बोर्नमाउथको पहिलो जित हो । पाँच खेलबाट मात्रै तीन अंक जोडेको बोर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया