Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो ।

नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनायो । सिंगापुरलाई कम रनमै आउट गराउन नेपालका पवन सराफले महत्वपूर्ण भूमिका खेले ।

उनी एक्लैले ६ विकेट लिए । यस्तै किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए । सिंगापुरका सिद्धान्त र आर्यमन सुनिलले समान २०/२० तथा रोहन रंगराजनले ११ रन बनाउनु बाहेक अरुले दोहोरे अंकमा रन बनाउन सकेनन् । सिंगापुरका पाँच ब्याट्स म्यान शून्य रनमा आउट भए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । समूह चरणका तीनै खेल जितेको नेपाल समूह विजेता बनेको छ ।

यसअघिका दुई खेल जितेको सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया