Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत सिंगापुरसँगको खेलमा नेपालले ६८ रनको लक्ष्य पाएको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनायो ।

सिंगापुरलाई कम रनमै आउट गराउन नेपालका पवन सराफले महत्वपूर्ण भूमिका खेले । उनी एक्लैले ६ विकेट लिए । यस्तै किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए । सिंगापुरका सिद्धान्त र आर्यमन सुनिलले समान २०–२० तथा रोहन रंगराजनले ११ रन बनाउनु बाहेक अरुले दोहोरे अंकमा रन बनाउन सकेनन् । सिंगापुरका पाँच ब्याट्स म्यान शून्य रनमा आउट भए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया