Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जित निकालेको हो ।

म्यानचेस्टर सिटीले अवे मैदानमा भएको खेलमा डच क्लब फाइनोर्डलाई ४–० ले हरायो । सिटीको जितमा जोन स्टोनले दुई तथा सर्जियो अग्युरो र गाब्रिएल जिससले एक एक गोल गरे ।

स्टोनले दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । १० औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे । २५ औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो ।

 

६३ औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित निकाल्यो । सिटी जितपछि तीन अंकसहित समूहको शीर्ष स्थानमा छ । यहि समूहको अर्को खेलमा शाक्तर डोनेस्कले नापोलीलाई २–१ हरायो । उसको पनि समान तीन अंक नै भएको छ ।

राति नै समूह ‘इ’ अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब सेभिल्लाले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरे ।

सेभिल्लाका लागि विसाम वेन यद्धर र योआकिन कारेयाले गोल गरे । खेलको इन्जुरी समयमा जो गोमेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो ।

समूह ‘इ’ कै अर्को खेलमा स्पार्टक मस्कोले १–१ बराबरी खेल्दै अंक बाँडेका छन् । राति भएका अरु खेलमा बेसिक्टासले पोर्टोलाई ३–१ ले हरायो ।  मोनाको र लाइपजिक १–१ बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाईको प्रतिक्रिया