Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – एसिसी उन्नाइस वर्षमुनिको इसिया कप छनौट क्रिकेट प्रतियोगिताको इस्टर्न रिजनअन्तर्गतअहिले नेपालले भुटानसँग खेलिरहेको छ ।

मलेसियामा भइरहेको खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । ९ ओभरको खेल सकिँदा भुटानले १५ रनमा ३ विकेट गुमाएको छ ।

नेपालका दिपेन्द्र सिंह ऐरीले दुई साथै नन्दन यादवले एक विकेट लिएका छन् । दिपेन्द्रले ९ औँ ओभरको पहिलो बलमा भुटानका २४ बलमा ५ रन बनाएका नगवाङ थिन्लेलाई र तेस्रो बलमा पेम चेडुपलाई शून्यमै आउट गरेका हुन् ।

नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया