Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो विजयी यात्रा जोगाउन सकेन । म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग २–२ को बराबरीमा रोकियो ।

युनाइटेडका लागि मार्कस रासफोर्ड र रामेलु लुकाकुले गोल गरे । स्टोक सिटीका लागि दुवै गोल चोउपो मोटिङले गरे । ४३ औं मिनेटमा मोटिङको गोलबाट स्टोक सिटीले अग्रता लियो ।

तर पहिलो हाफको इन्जुरी समयमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए । ५७ औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले अग्रता लियो तर ६३ औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यसअिघका तीन खेल जितेको युनाइटेड यो खेलमा बराबरीमा रोकिएपछि उसको विजयी यात्रा टुंगियो । शनिबार रातिको खेलपछि चार खेलबाट १० अंक जोडेको

म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा कायम छ भने १० अंक नै जोडेको म्यानचेस्टर सिटी दोस्रो उक्लिएको छ । सिटीले लिभरपुललाई ५–० ले हराएको हो । ९ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया