Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – दक्षिण अफ्रिकाका केविन एन्डर्सन युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

आज बिहान भएको सेमिफाइनलमा २८ औं वरियताका एन्डर्सनले १२ औं वरियताका स्पेनिस पाबलो कार्रेनो बुस्तालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । उनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका हुन् ।

एन्डर्सनले बुस्तालाई ४-६, ७-५, ६-३ र ६-४ को सेटमा हराएका हुन् । एण्डर्सन सन् १९६५ पछि पुरुष एकलमा युएस ओपनको फाइनलमा पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् ।

एन्डर्सनले फाइनलमा विश्व नम्बर एक स्पेनिस राफायल नाडाल वा २४ औं वरियताका अर्जेन्टिनी जुवान मार्टिन डेल पोत्रोमध्ये एक जनासँग प्रतिस्पर्धा गर्नेछन् । -एजेन्सी

तपाईको प्रतिक्रिया