Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – विश्व नम्बर एक राफायल नाडल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । ३१ वर्षका स्पेनिस नाडालले रुसका १९ वर्षे किशोर एन्ड्री रुबलेवलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

नाडालले रुबलेवलाई ६–१, ६–२ र ६–२ को सेटमा हराएका हुन् । नाडालले सेमिफाइनलमा स्वीस रोजर फेडेरर वा अर्जेन्टिनी आन मार्टिन डेल पोट्रोसँग खेल्ने छन् ।

फेडेरर र डेल पोट्रोबिच बिहीबार क्वाटरफाइनल खेल हुँदैछ । रुसी रुबलेव सन् २००१ यता क्वाटरफाइनलमा पुग्ने कम उमेरका खेलाडी हुन् । उनले नाडालसँग खेल्न पाउनु नै खुशीको कुरा हरेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया