Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ ।  ताजिकिस्तानले नेपालविरूद्ध २ गोल गरिसकेको छ । नेपाललार्इ ताजिकिस्तानले ५ मिनेटको अन्तरमै २ गोल हानेको हो ।

एएफसी सोलिडारिटी कप जितेको हैसियतमा एएफसी एसियन कपको छनोट खेल खेलिरहेको नेपालको यो तेस्रो खेल हो । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । होम एण्ड अवेका आधारमा चल्ने छनोटमा नेपालले यसअघि दुई खेल खेलिसकेको छ ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग ४–१ गोलअन्तरले हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बटुलेको थियो । यता, ताजिकिस्तान अंकविहीन रहेको छ । उसले यसअघिका दुवै खेल गुमाएको थियो । ताजिकिस्तान नेपाल भन्दा बलियो टोली हो ।

ताजिकिस्तान फिफा बरियतामा १५१ औं स्थानमा रहेको छ भने नेपाल १६९ औं स्थानमा रहेको छ । तर, आजको खेलमा नेपाल र ताजिकिस्तान दुवै ३ अंक बटुल्ने दाउमा छन् ।
छनोट अन्तर्गत समूह एफ मा रहेको नेपालले अवे खेल १० अक्टोबरमा ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ ।

त्यसपछि नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

तपाईको प्रतिक्रिया