Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – बेल्जियम विश्वकप फुटबल २०१८ का लागि छनौट भएको छ । रुसमा आउँदो वर्ष हुने विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा ग्रिसलाई २–१ हराउँदै बेल्जियमको विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

बेल्जियमको जितमा ज्यान भेर्टोनग्हेन ७० र रामेलु लुकाकुले ७४ औं मिनेटमा गोल गरे । ग्रिसका लागि गोन्काल्भस रोड्रिग्वेजले ७३ औं मिनेटमा एक गोल फर्काए ।

जितसँगै समूह ‘एच’ मा रहेको बेल्जियम दुई खेल बाँकी हुँदै विश्वकपमा छनौट हुन सफल भयो । आयोजक रुस बाहेक युरोपबाट छनौट हुने बेल्जियम पहिलो देश बनेको छ ।

अहिलेसम्म बेल्जियमसहित ६ देशले विश्वकपमा स्थान सुरक्षित गरेका छन् । यसअघि मेक्सिको, जापान, इरान, ब्राजिल र रुसले विश्वकपमा स्थान बनाइसकेका छन् ।

युरोपियन क्षेत्रको छनौटमा समूह ‘एच’ अन्तर्गत राति नै भएको खेलमा जिब्रालटारलाई ४–० ले हराएको बोसनिया हर्जगोविना १४ अंकसहित दोस्रो स्थानमा छ । बेल्जियमको २२ अंक छ । यस्तै अर्को खेलमा इस्टोनियाले साइप्रसलाई १–० ले हरायो ।

तपाईको प्रतिक्रिया