Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनले इटालीलाई ३–० गोल अन्तरले हराएको छ । युरोपियन देशहरुको समूह जि मा रहेको स्पेनले इटलीलाई ३–० ले हराउँदा स्पेनका स्को नायक बने ।

स्कोले खेलको १३ औं मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै स्पेनलई अग्रता दिलाएका हुन् । रियल मड्रिडका फरवार्ड समेत रहेका स्कोको यो फ्रिककले उनलाई नायक बनाएको भनेर स्पेनका समर्थकले प्रशंसा समेत गरेका छन् ।

स्कोकै गोलमा स्पनेले पहिलो हाफमा दास्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । स्पनको लागि तेस्रो गोल सर्जियो रामोसको पासमा अल्भारो मोराटाले गरे ।

इटालीलाई हराउँदै १९ अंकका साथ स्पेन पाहिलो स्थानमा रहँदैं सन् २०१८ मा हुने विश्वकपमा सहभागी हुन सम्भावना बलियो छ । यसै समूहमा रहेका इटालीको १६ अंक, अल्बानियाको १२ अंक छ ।

तपाईको प्रतिक्रिया