Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – फिफा विश्वकप छनोटमा पोर्चुगलले फारोए आइल्यान्डलाई ५-१ ले हराउँदा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै पेलेको गोलको कीर्तिमानलाई उछिनेका छन् । बिहीबार भएको युरोपेली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा ह्याट्रिकसँगै रोनाल्डोले ब्राजिलियन महान् खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई तोडेका हुन् ।

रोनाल्डोले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको २९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै उनले अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको अन्त्य अघि रोग्बी बाल्डीभिन्सनले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा जीवितै राखे ।

तर विलियम कार्भालोले ५८औं मिनेटमा गोल गरेपछि पोर्चुगलको गोलसंख्या चार पुग्यो । रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पाँचौं गोल नर्विच सिटीका स्ट्राइकर नेल्सन ओलिभेराको नाममा रह्यो ।

उनले खेलको ८८औं मिनेटमा उक्त गोल गरेका थिए। यसै समूहको अन्य खेलहरूमा हंगेरीले लात्भियालाई ३–१ ले हराउँदा स्विट्जरल्यान्डले पनि एन्डोरालाई ३-० पराजित गरे।

फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित

फिफा विश्वकप २०१७ अन्तर्गत युरोपेली छनोट चरणमा फ्रान्सद्वारा नेदरल्यान्ड्स ४-० गोल अन्तरले पराजित भएको छ । फ्रान्सको सानदार जितमा थोमस लेमारले दुई गोलको योगदान गरे । ग्रिजम्यानको गोलबाट १४औं मिनेटमा फ्रान्सले खेलमा गोलको खाता खोलेका थिए ।

पहिलो हाफसम्म एक गोलले अघि रहेको फ्रान्सका तर्फबाट लेमारले ७३औं र ८८औं मिनेटमा गरी दुई गोलको योगदान गरे । उनले यो आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेका हुन् । उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। चार मिनेटको फरकमा दुई पहेंलो कार्ड देखेपछि केभिन स्ट्रटम्यानले मैदान छोड्नुपरेका थिए ।

जसका कारण खेलको ६२औं मिनेटपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको थियो । यस्तै खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा बाप्पेले एक गोल थपेपछि फ्रान्सको गोलसंख्या चार पुग्यो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो ।

समूह ‘ए’ कै अर्को खेलमा बुल्गेरियाले स्विडेनलाई ३-२ ले पराजित गरेपछि फ्रान्सको अग्रता थप फराकिलो भएको हो । शीर्ष स्थानमा रहेको फ्रान्सको १६ अंक भएको छ । यसै गरी समान खेल खेलेर दोस्रो स्थानको स्विडेनको १३ अंक छ भने तेस्रो स्थानमा उक्लेको बुल्गेरियाको १२ अंक छ।

हारपछि १० अंकमा यथावत् चौथो स्थानमा रहेको डच टोलीको विश्वकपमा पुग्ने आशा क्षीण बन्दै गएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया