Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । नेपालका लागि विशाल चौधरीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पहिलो हाफ सकिएको छ ।

नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टोलीले घरेलु मैदान र दर्शकको साथको फाइदा उठाउँदै उपाधि जित्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठको दाबी छ ।  यस्तै भारतका प्रशिक्षक बिबिएनो फर्नान्डेसले नेपाली टिम बलियो रहेकाले आफूहरुले त्यही अनुसार तयारी गरेको बताएका छन् ।

दुबै टोली उपाधि कब्जा गर्ने दाउमा छन् । सेमिफाइनलमा बंगलादेशलाई ४-२ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यता, भारत पनि भुटानलाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगितामा अपराजित रहेको भारत निकै बलियो टोली हो । समूह चरणको खेलमा भारतले मल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गरेको थियो । नेपालले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया