Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गर्ने भएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा नयाँ खेलाडीको खोजीमा रहेको बार्सिलोनाले डेम्बेलेलाई ल्याउने भएको हो ।

बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा ल्याउन लागेको हो । यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । उनी विश्वका दोस्रो महंगा खेलाडी बन्ने भएका छन् ।

बार्सिलोनाले डेम्बेलेका लागि सुरुमा ९ करोड ६८ लाख तिर्नेछ । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गर्न लागेको हो । डेम्बेलेको मेडिकल सोमबार हुने र त्यही दिन सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

बार्सिलोनाले डेम्बेलका लागि रिलिज क्लज ४० करोड युरोको राख्नेछ । नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेको थियो ।

तर तीनपटकको प्रयासमा पनि बार्सिलोना सफल हुन सकेन । बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ । डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । बार्सिलोनामा ११ नम्बरको जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।

तपाईको प्रतिक्रिया