Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – राजधानीमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबल प्रतियोगीताको दुबै सेमिफाईनल खेल आज हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समुह एको बिजेता बंगलादेशले समुह बी को उपबिजेता नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

समुहचरणको पहिलो खेलमा माल्दिभ्सलाई ६-० को अन्तरले हराएको नेपालले दोस्रो खेलमा चिर प्रतिद्धन्दी भारतसंग २–१ को पराजय भोगेको थियो । नेपाली टोलीका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले बंगलादेशबिरुद्धको खेल नेपालका लागि फाईनल सरह हुने बताएका छन् ।

समुहचरणका दुबै खेलमा जित निकालेको डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई कमजोर नआक्ने श्रेष्ठको भनाई छ । त्यस्तै हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा समुह बीको बिजेता भारत र समुह एको उपबिजेता भुटानबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछन् ।

तपाईको प्रतिक्रिया