Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्कटल्याण्डको सेल्टिक फुटबल क्लव युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।

प्ले अफ् चरणको अन्तिम खेलमा काजखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो । पहिलो लेगको खेल ५-० ले जितेको सेल्टिक मंगलबार राति भएको दोस्रो लेगमा ४-३ ले पराजित भए पनि समग्रमा ८÷४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको हो ।

प्ले अफ् चरणका अन्य खेलमा टर्कीको ईस्तानबुल बासाक्शेरलाई हराउँदै स्पेनको सेभिया, क्रोएसियाको रिजेकालाई हराउँदै ग्रिसको ओलम्पियाकोस, फ्रान्सको निसलाई हराउँदै ईटालीको नापोली र ईजरेलको हपोईल बिरशेभालाई हराउँदै स्लोभेनियाको एन.के. मारिबोर पनि समूह चरणमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया