Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

पोखरा –  हिन्दु नारीहरुको महान पर्व तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता मंगलबार देखि शुरु हुदैछ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरका पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।

तपाईको प्रतिक्रिया