Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस ला लिगा क्लब बार्सिलोनाले गएको वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ ।

नाउ क्याम्पमा सोमाबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चापेकोएन्सलाई ५–० ले हराएको छ । खेलमा यहि सिजन एभर्टनबाट बार्सिलोना आएका जेरार्ड डेउलोफेउ, सर्जियो बसक्वेट्स, लियोनल मेस्सी, लुइस स्वागरेज र डेनिस स्वारेजले गोल गरे ।

चापेकोएन्स गएको वर्ष भएको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका एलन रुशेलको कप्तानीमा खेलेको थियो । विमान दुर्घटनामा परेर बाँच्न सफल भएका तीन खेलाडी मध्ये रुशेल मात्रै मैदान फर्किन सफल भएका छन् ।

एर्नेस्टो भाल्भेर्डेले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नाउ क्याम्पमा भएको यो पहिलो खेल हो । ५३ वर्षका भाल्भेर्डेले लुइ इन्ड्रिकको ठाउँ लिएका हुन् ।

चापेकोएन्सले २५ नयाँ खेलाडी अनुबन्ध गरेर अहिले टिम पूरा गरेको छ । बार्सिलोनासँगको मैत्रीपूर्ण खेलमा पनि दुर्घटनामा ज्यान गुमाएका १९ खेलाडीसहित ७१ जनाको सम्झाना गरिएको थियो ।

तपाईको प्रतिक्रिया