Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आचारसंहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेष्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । दोस्रो टेष्टको तेस्रो दिनको खेलमा जडेजाले श्रीलंकाका बलरलाई क्रिज नछोडेको भन्दै खतरनाक तरिकाले बल फालेको आरोपमा प्रतिबन्ध लगाइएको हो ।

मैदानमा उपस्थित अम्पायरले पनि यस व्यवहारलाई ज्यान मार्ने किसिमको भएको बताएका छन् । जडेजाले फालेको बल श्रीलंकाका खेलाडी दिमुथ करुणारत्ने नजिकै भएर गएको थियो । यसका साथै जडेजामाथि त्यस दिनको खेलको पारिश्रमिकको ५० प्रतिशत जरिवाना समेत लिने निर्णय भएको छ । र

विन्द्र जडेजाले श्रीलंकासँगको दोस्रो टेष्टमा ५ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया