Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्धन भएका ब्राजिलियन स्टार नेयमारले क्लबलाई धेरै उपाधि दिलाउने बाचा गरेका छन् ।

क्लबका समर्थकबाट न्यानो स्वागत पाएलगत्तै नेयमारले फ्रान्सेली लिगमा धेरै उपाधि जित्न आएको प्रष्ट पारेका छन् । पीएसजीले लिगको आफ्नो पहिलो खेलमा विश्व फुटबलका महङ्गा स्टार खेलाडीलाई हजारौं समर्थक माझ सार्वजनीक गरेको थियो ।

नेयमार स्पेनिस क्लब बार्सिलोनाबाट २० करोड पाउण्डमा फ्रान्सेली क्लबमा अनुबन्धन भएका हुन् । नयाँ चुनौतीको सामना गर्न आफु फ्रान्स आएको नेयमारले प्रष्ट पारेका छन् । अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र समयमै आई नपुगेपछि नेयमारले लिग वानको पहिलो खेलमा उत्रन पाएनन् ।

यद्यपी सो खेल पीएसजीले २-० ले जितेको थियो । नेयमारले समर्थकलाई भनेका छन्, म तपाईहरुसँग रहेर धेरै उपाधि जित्न चाहान्छु, यसका लागि मलाई तपाईको समर्थनको आवश्यकता रहनेछ ।

तपाईको प्रतिक्रिया