शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ ।

त्रिपाठी समूहमा सांसदहरु सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवाल अहमद साह, कमलेश पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए ।

बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया