Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण २४, २०८१
Saturday, March 8, 2025

टोकियो–पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले जापानव्यापी खुल्ला नृत्य प्रतियोगितामा सहभागीहरुको टप १३ जनाको नामावली सार्वजनिक गरेको छ । टोकियो सिनओकुवोस्थित वाराकाडे रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरी १३ जनाको नाम सार्वजनिक गरेको हो ।
सहभागीहरुले पठाएको नृत्यको भिडियोबाट पहिलो राउण्डको छनौटमा परेका प्रतियोगीहरु सगुन सूर्यवंशी मगर, अपेक्षा लिम्बु, काजल दर्लामी मगर, सुजु सिंजाली मगर, शर्मिला तामाङ्ग, प्रतिक आरषी, मनिषा भट्टराई, सन्ध्या खड्का, नविना ढकाल, यमिता कंडेल, रोशनी थापा, अस्मिता गुरुङ्ग र सन्ध्या कटवाल रहेका छन् ।

त्यसैगरी सर्वोत्कृष्ट नृत्यमा छानिएका वाल नृत्यकारमा सुगम गिरी र सिजुका थापा रहेका छन् ।
टप १३ जना प्रतियोगिहरुबाट पहिलो, दोस्रो र तेस्रोको छनौट भने यसै महिनाकाे २७ तारिक अाइतवार नाकानो जिरो हलमा एक कार्यक्रम गरी छनौट गरिने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने प्रतियोगिले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार येन प्राप्त गर्नेछन् । त्यसो त प्रतियोगितामा भाग लिने सम्पूर्ण कलाकारहरुलाई सम्मानस्वारुप मायाको चिनो उपहार तथा प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले बताएको छ ।

‘जापान डान्स फर दि टाईटल’ नाम दिईएको नृत्य प्रतियोगितामा पहिलो राउण्डमा सहभागिता जनाउन चाहनेहरूलाई अाफ्नाे नृत्यकाे भिडियाे खिचेर पठाउन भनिएकाे थियाे । साेही अनुरूप नृत्यकाे भिडियाे खिचेर पठाउनेहरु ४७ जना रहेका थिए । पठाईएका भिडियाेहरूबाट टप १३ छनाैट गरिएकाे हाे । टप टेन छनौट गर्ने भनिए पनि सहभागीहरुको नृत्य उत्कृष्ट भएकाले टप १३ छनौट गर्न परेको नृत्य प्रतियोगिताका संयोजक शुशिला प्रसाईले पत्रकार सम्मेलनमा जानकारी दिए । टप ३ का लागि हुन गईरहेको कार्यक्रममा उपस्थित भई आयोजक तथा सहभागी प्रतियोगीहरुलाई हौसला बढाई दिन जापानबासी नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ । धेरै भन्दा धेरै नेपालीहरूकाे सहभागिता रहाेस भनेर प्रवेश शुल्क १ हजार येन मात्र राखिएकाे अायाेजकले बताए ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष लोहनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित पत्रकारहरुले नृत्य प्रतियोगितासँग सम्बन्धित विविध जिज्ञासाहरु राखेका थिए । कार्यक्रम संस्थाका सहसंयोजक चुडामणि काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया