Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि कर छलेको अभियोगमा ७ वर्षको जेल सजाय हुन सक्ने छ । उनीमाथि विभिन्न चार पटक कर छलेको आरोप लागेको छ ।

उनले जरिवाना वापत केही रकम तिरे जेल सजाय कम हुन सक्ने बताइएको छ । मुद्दा मड्रिडको उच्च अदालतमा सुनुवाइ हुने सम्भावना देखिएको छ । घटनाको सम्बन्धमा सोमबार भएको सुनुवाइमा रोनाल्डोले आफ्ना एजेन्टको नाम पनि उल्लेख गरेका थिए । अर्को सुनुवाइमा उनीहरुलाई पनि उपस्थित गराइने सम्भावना रहेको छ ।

क्रिष्टियानो रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् । रोनाल्डो विरुद्ध स्पेनका कानूनी अधिकारीले आरोप पत्र दर्ता गरेको बिबिसीले जनाएको छ । तर रोनाल्डोले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । रोनाल्डोको एजेन्ट व्यवस्थापन गर्दै आएको जेस्टिफुटेले रोनाल्डोले अहिलेसम्म कर छली नगरेको बताएको छ ।

रोनाल्डोमाथि सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छली गरेको आरोप लागेको छ । रोनाल्डोले यसअघि नै आफूले लुकाउनु पर्ने केही काम नगरेको बताउँदै आफ्नो कर सम्बन्धमा भइरहेको अनुसन्धानबाट आफूलाई कुनै चिन्ता नरहेको बताएका थिए ।

रोनाल्डोमाथि आफ्नो तस्बिरबाट भएको आम्दानी लुकाउनका लागि व्यवसायको खोल ओढाएको आरोप पनि लागेको छ । गएको डिसेम्बरमा चुहावट भएको कागजातमा रोनाल्डोल कर छलीका लागि अफसोर खाता प्रयोग गरेको दाबी गरिएको थियो । फोब्र्सका अनुसार रोनाल्डो बढी आम्दानी गर्ने खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया