Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ । यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो ।

सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए ।

दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले निर्णय गर्न सकेको थिएन ।

अहिले लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाईदिएको छ ।

गएको जुनमा सम्पन्न आइओसी बैठकले पेरिस र लस एन्जलसले आपसी सहमतिमा आलोपालो ओलम्पिक खेल आयोजना गर्न सक्ने निर्णय गरेको थियो ।

लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ ।

यसअघि सन् २०२० को ओलम्पिक खेल भने जापानको टाकियोले आयोजना गर्दैछ ।

तपाईको प्रतिक्रिया