Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इंग्ल्याण्ड, डेनमार्क र अस्ट्रिया महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

गएराति नै भएको अर्को खेलमा स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अस्ट्रिया पनि सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । त्यसअघि भएको खेलमा डेनमार्कले जर्मनीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

हारसँगै सातौं पटक उपाधि जित्ने जर्मनीको सपना भने टुटेको छ । फाइनल प्रवेशका लागि अब डेनमार्क र अस्ट्रियाबिच प्रतिस्पर्धा हुनेछ । -एजेन्सी

तपाईको प्रतिक्रिया