Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमारले क्लब छोड्ने अन्तिम तयारी गरेका छन् । नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको बेलायती पत्रिका मेट्रोले जनाएको छ ।

सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्धन सम्झौता आउँदो सोमाबार वा मंगलबार हुने दाबी गरिएको छ ।

पिएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । पछिल्लो केही हप्तादेखि नेइमारले बार्सिलोना छोड्ने तयारी गरेका खबर आउने गरेका थिए । 

अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने लगभग पक्का जस्तै रहेको दाबी गरिएको छ ।

नेइमारका बुवाले पिएसजीसँग छलफल गरिरहेको र नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने लगभग पक्का भएको छ ।

नेइमारले पिएसजीमा गएपछि वर्षको झण्डै दुई करोड ७० लाख पाउण्ड कमाइ गर्ने छन् ।

विश्व कीर्तिमानी अनुबन्धका विषयमा दुई क्लबबिच सहमति हुन बाँकी नै छ ।

पिएसजीले तिर्नु पर्ने रकम कम गर्नका लागि एन्जल डी मारिया बार्सिलोनालाई अफर गर्ने तयारी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया