Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको विश्वकप छनौट क्रिकेटमा आफगानिस्तानसँगको खेल जित्न नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । सिंगापुरमा लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालका सन्दिप सुनार १७, आसिफ शेख १६ तथा प्रनित थापा मगर ११ रनमा आउट भए । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

अफगानिस्तानसँगको अहिलेको खेल जितेर पनि विश्वकपमा छनौट हुने नेपालको संभावना भने सकिएको छ । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहेने टिम विश्वकपका लागि छनौट हुने हुँदा अफगानिस्तान छनौट भएको छ ।

प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया