Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्ट्राइकर रामेलु लुकाकुले आफू आफ्नो छुट्टै इतिहास बनाउनका लागि म्यानचेस्टर युनाइटेड आएको बताएका छन् । २४ वर्षका बेल्जियमका स्ट्राइकर यो सिजन एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएका हुन् ।

युनाइटेडले उनलाई ७ करोड ५० लाख पाउण्डमा अनुबन्ध गरेको हो । लुकाकुले गएको सिजन प्रिमियर लिगमा एभर्टनका लागि २५ गोल गरेका थिए । उनी प्रिमियर लिगमा २४ वर्षअघि नै ८० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन् ।

उनले भने ‘म कुनै पनि रुपमा पूर्ण प्याकेज होइन, धेरै काम गर्न बाँकी नै छ । म अहिले भन्दा पनि उत्कृष्ट र राम्रो हुन सक्छु ।’युनाइटेड आएपछि लुकाकुले प्रशिक्षक जोसे मोरिन्होसँगको अर्को भेट हो । उनी चेल्सीमा हुँदा पनि मोरिन्होसँग काम गरेका थिए ।

चेल्सीले सन् २०१४ को जुलाईमा लुकाकुलाई एभर्टनलाई दुई करोड ८० लाख पाउण्डमा बेचेको थियो । लुकाकुले आफू अरु कसैसँग तुलना हुन भन्दा पनि आफ्नै इतिहास बनाउन क्लब आएको बताए ।

तपाईको प्रतिक्रिया