Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समुहको छनोट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ ।
सिंगापुरमा जारी छनोट प्रतियोगितामा यो नेपालको पाँचौ खेल हो । यसअघिका चारमध्ये ३ खेलमा विजयी भएको नेपाल आज चौथो जितको खोजीमा छ । प्रतियोगितामा अफ्गानिस्तानसँग पराजित भएको नेपालले सिंगापुरलाई दुई पटक तथा मलेसियालाई एक पटक हराईसकेको छ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले भोलि अफ्गानिस्तानको सामना गर्नेछ । समुहमा ४ खेलबाट ८ अंक जोडेको अफ्गानिस्तान शीर्ष स्थानमा छ भने ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।
छनोट चरण पार गरेर अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्ने सम्भावना जिवित राख्न नेपालले आज र भोलिका दुईवटै खेल फराकिलो अन्तरले जित्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया