Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा अफगानिस्तानले नेपाललाई  एक सय ९१ रनको लक्ष्य दिएको छ ।

सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ४ बलमा १० विकेट गुमाएर १ सय ९० रन बनाएपछि नेपालले १ सय ९१ रनको मध्यम लक्ष्य पाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ४३ रन बनाए । नेपालका साहव आलमले ३  तथा सन्दिप लामिछाने र पवन सराफले २/२ विकेट लिए । यस्तै किशोर महतो र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

पहिलो विकेटको लागि ७५ रन दिएको नेपालले त्यसपछि सुधारिएको बलिङ गर्दै अफगानिस्तानलाई १ सय ९० रनमा समेटेको हो ।

डबल राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया