Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार राति युएईमा भएको खेलमा नेपाल लेवनानसँग २–० ले पराजित भएको हो ।

नेपाली कमजोर डिफेन्सको फाइदा उठाउँदै लेवनानले खेलको २८ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस्तै ९० औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसअघि ८७ औं मिनेटमा नेपालले बराबरी गर्ने मौका पाएपनि सुमन लामा चुकेका थिए ।

यस्तै नेपालका सुनिल बलले दोश्रो हाफको सुरुमै प्रहार गरेको फ्रिकिक पोष्टको केही माथिबाट बाहिरिएको थियो । लेवनानसँग हारेसँगै नेपाल च्याम्पियनसिप छनौटमा ९ गोल खाएर एक गोल  पनि नगरी स्वदेश फर्कने भएको छ ।

नेपाल युएईसँग ५–०, उज्वेकिस्तानसँग र लेवनावसँग समान २–० ले पराजिय भयो । समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा युएईमा हुने एएफसी च्याम्पियनसिप खेल्नेछ ।

तपाईको प्रतिक्रिया