Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

टोकियो –  दर्शन समाज जापानको बिशेष भेला टोकियोमा गत आइतवार  सम्पन्न भएको छ ।

भेलाले वर्तमान कार्यसमिति गठन भएयता हालसम्मको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाहरु तय गरेको छ ।

समाजका अध्यक्ष सुरज मल्लको सभापतित्वमा भएको सो भेलामा वरिष्ठ उपाध्यक्ष भरत मल्लको स्वागत मन्तब्य रहेको थियो । भेलाको प्रमुख अतिथि समाजका सल्लाहकार समेत रहनुभएका पत्रकार महासंघ जापानका निबर्तमान अध्यक्ष तिलक मल्लले दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो । सो भेलामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले समाजको आगामी नीति तथा कार्यक्रम बारे सुझाव तथा धारणा ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा दर्शन समाजका भलिवल खेलाडीहरु, गुन्मा र तोचिगी कमिटीका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी दर्शन समाजको हरेक अभियानमा सहयोग गर्दै आउनुभएका जापानी नागरिक आजुमा तोयोहिसालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

नागोया, सिजुओका, गुन्माकेन, तोचिगी, साइतामा, चिवा, योकोहामा, इवाराकी लगायत टाढा टाढाबाट आएका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको भेलाको अनौपचारिक चरणमा सचिन चन्द, सञ्जु शाही, सुष्मा मल्ल, लक्ष्मी सिंह, सुम्निमा सिंह, सिजुका थापा क्षेत्री लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।  गणेश शाहीको उदघोषण रहेको रात्रीभोजसहितको सो बिशेष भेला टोकियो रोधी क्लवको सभा कक्षमा भएको थियो । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया