Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं –  अण्डर-नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो ।

खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्रै जोड्न सक्यो ।

नेपालका कप्तान सन्दिप लामिछानेले आज पनि ५ विकेट लिए । लामिछानेले हिजो सिंगापुरविरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए ।

चार टोली सहभागि अण्डर नाईन्टिन विश्वकप अन्तर्गत एसियाली समूहको छनोटमा नेपाल र अफ्गानिस्तानलाई दावेदार मानिएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने एउटा टोली अण्डर नाईन्टिन विश्वकप क्रिकेटका सहभागि हुन पाउनेछ ।

तपाईको प्रतिक्रिया