Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध  ५९ रनको लक्ष्य पाएको छ । २५ अोभर ५ बलमा ५८ रन बनाउँदा मलेसिया अल अाउट भयो ।

टस जितेर फिल्डिङ रोजेको नेपाली बलिङ निकै उत्कृष्ट रह्यो । नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए ।

मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा आउट गरे । पवन सर्राफले २ बलमा १ रन बनाएका सायद अजिज र नइम नाज्लेलाई शून्यमा आउट गरे ।

सन्दीप लामिछानेले ४२ बलमा ९ रन बनाएका विरनदीप सिंहलाई आउट गरे । ६ बलमा ७ रन बनाएका अमार हजलानलाई पवन सर्राफले आउट गरे । सन्दीप लामिछानेले  ४ बलमा २ रन बनाएका मोहम्मद अफिजलाई र ऐनुल हाक्किमलाई १६ बलमा ५ रन बनाउँदा आउट गरे । सोलिहिन रुसिललाई सन्दिप सुनारले शून्यमै आउट गरे ।  सन्दिप लामिछानेले २७ बलमा ९ रन बनाएका हैकल खैरलाई आउट गरे र आफ्नो पाँचौ विकेट लिए ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।

तपाईको प्रतिक्रिया