Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । केही गोल गर्ने अवसर पाए पनि त्यसलाई नेपालले सदुपयोग गर्न सकेन ।

एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले शनिबार पहिलो खेल संयुक्त अरब इमिरेट्ससँग खेलेको हो । पहिलो हाफमा ४-० ले पछि रहेको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो ।

समूहका सबै टिम बलिया रहे पनि नेपाल समूह विजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने लक्ष्य राखेको खेलअघि नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताएका थिए ।

युएर्यसँग नेपाल ३३ वर्षपछि खेलेको हो । सन् १९८४ मा एशियन कप छनोटमा एक पटक युएई र नेपाल आमनेसामने भएका थिए । त्यसबेला नेपाल युएईसँग ११–० गोलले अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको समूह डिमा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया