Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी अण्डर ट्वान्टी थ्री च्याम्पीयनसीप छनौटको उद्घाटन खेलमा नेपाली युवा टोलीले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल युएईको अलईनस्थित ताहनोन बिन महम्मद स्टेडियममा नेपाली समयानुसार राती आठ बजेर १० मिनेटमा सुरु हुनेछ । समुह डी मा आयोजक युएई र नेपालसंगै उज्वेकिस्तान र लेवनान सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीताको शीर्ष टोली च्याम्पियनसीपका लागि छनौट हुनेछ । १० समुहका दोस्रो स्थानमा रहने टोली मध्ये उत्कृष्ट ५ ले च्याम्पियनसीप स्थान बनाउने छन् ।

तुलनात्मक रुपमा कठीन समूहमा रहेको नेपालले च्याम्पियनसीप हुने लक्ष्य राखेको छ ।  नेपाली टोलीले आफ्नो दोस्रो खेलमा सोमबार डिफेण्डिङ च्याम्पियन उज्वेकिस्तान र बुधबार लेवनानसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया