Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथिला राज अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । यसका साथै मिथिला महिला क्रिकेटमा ६ हजार रन कटाउने खेलाडी पनि बनेकी छिन् ।

आइसिसी महिला विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियासँगको खेलमा मिथिलाले रेकर्ड बनाएकी हुन् । बुधबारको खेलमा अष्ट्रेलियाविरुद्ध ६९ रन बनाएकी उनले आफ्नो एकदिवसीय करिअरमा ६ हजार २८ रन बनाएकी छिन् । खेल हारे पनि आफूले रेकर्ड बनाउन सकेकोमा खुशी लागेको उनले बताएकी छिन् । अष्ट्रेलिया जितसँगै सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि सर्वाधिक रनको रेकर्ड इंग्ल्याण्ड महिला क्रिकेट टिमकी पूर्व कप्तान चार्लोटे एडवार्डको नाममा थियो । उनले ५ हजार ९ सय ९२ रन बनाएकी थिइन् । १ सय ९१ एकदिवसीय खेलेकी उनले सन् २०१६ मे मा अवकाश लिइसकेकी छिन्।

सन् १९९९ मा १६ वर्षको उमेरमा डेब्यू गरेकी मिथिलाले १ सय ८३ एकदिवसीयमा ५१ दशमलव ५२ को एभरेजमा ६ हजार रन कटाएकी हुन् । उनले १० टेष्ट र ६३ ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि खेलेकी छिन् । मिथिलालाई सानो उमेरमा क्रिकेट खेलमा रुची थिएन ।

भरत नाट्यमको प्रशिक्षण लिएकी मिथिलाले क्रिकेट सुरुवात गरेर पाएको सफलताको धेरैले प्रशंसा पनि गरेका छन् । क्रिकेटर सचिन तेन्दुलकर र भारतीय टिमका कप्तान विराट कोहलीले पनि मिथिलालाई बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया