Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इन्टरनेशनल च्याम्पियन्स कपमा बार्सिलोनाबाट एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमार तीनै स्टार खेलाडीलाई देखिने भए पनि रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डो भने नखेल्ने भएका छन् ।

रियल मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपका लागि मंगलबार खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । जसमा चार पटक बलोन डिओर विजेता रोनाल्डोको नाम समावेश छैन । रसियामा हालै सम्पन्न कन्फेडेरेसन कप खेलेका रोनाल्डो इन्टरनेशनल च्याम्पियन्स कपमा भने परिवारका लागि समय दिएर आराम गर्ने भएका छन् ।

रोनाल्डो नखेले पनि मड्रिडका गारेथ बेल, करिम बेन्जेमा, टोनी क्रुस, लुका मोडरिक, इस्को, मार्सेलोसँगै भर्खरै अनुबन्धित थियो हर्नानडेजलाई भने देखिने छ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियलले जुलाइ २३ तारिखमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।

यस्तै बार्सिलोनाले जुलाइ २२ मा युभेन्टससँग खेल्नेछ । जुलाइ २९ मा भने बार्सिलोना र रियल मड्रिडबिच खेल हुनेछ ।

 

तपाईको प्रतिक्रिया