बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाठौं – २ करोड ठगी गरेको आरोपमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पक्राउ परेका छन् । अमेरिका र जापान पठाउने लोभ देखाउँदै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

शाहले ७१ जना युवासँग १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले शाहसहित चार जनालाई पक्राउ गरेको हो । जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।

ठगी भएका अधिकांश युवायुवती सल्यानका रहेको प्रहरीले जनाएको छ । नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् । ठगिएको रकम उठाउन आएका सल्यानका ३० जनाभन्दा बढी युवा काठमाडौंको सुन्धारास्थित होटलमा बस्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया