बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – निजी प्रयोजनका सवारी साधन खरिदमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन्। आज राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सवारी साधनको मूल्यांकनको आधारमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने उल्लेख छ।

यसअघि मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्ने व्यवस्था थियो । राष्ट्र बैंकको नीतिअनुसार अब ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सकिने छ । व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा भने उक्त सीमा ८० प्रतिशत कायम गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको एक करोड रुपैयाँको सीमालाई बढाएर एक करोड ५० लाख रुपैयाँ पुर्‍याइएको छ।

 

तपाईको प्रतिक्रिया