Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – रोजर फेडेरर र नोभाक जोकोविच विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । विश्व नम्बर तीन फेडेररले २७ औं बरियताका मिशा जेवेरेवलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।

स्विस फेडेररले जर्मन जेवेरेवलाई ७–६, ६–४ र ६–४ को सोझो सेटमा हराएका हुन् ।

यस्तै दोस्रो बरियताका जोकोविचले अर्नेस्ट्स गल्बिसलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

सर्बियाका जोकोविचले लात्भियाका गल्बिसलाई ६–४, ६– र ७–६ को सेटमा हराएका हुन् ।

अन्तिम १६ मा फोडेररले बुल्गेरियाका ग्रिगोर दिमिट्रोभ तथा जोकोविचले एड्रिएन म्यानारिनोसँग खेल्ने छन् ।

तपाईको प्रतिक्रिया