शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

बैतडी – वर्षा सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ । माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखेर। बग्ने हो भन्ने चिन्ताले उहाँले अनिँदै रात कटाउन थाल्नु भएको हो ।

तीन दिन लगातार बर्ष भयो । पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ, उहाँले भन्नुभयो । अघिल्लो बर्षपनि त्यही ठाउँमा खसेको पहिरोले उहाँको घर पुरियो । सबै गाईबस्तु पहिरोसंगै सोहोरिए ।

धनीराम जस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया