Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – विश्व नम्बर दुई राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दुई पटकका विजेता नाडालले डोनाल्ड योङ्गलाई ६–४, ६–२ र ७–५ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

स्पेनका नाडालले अमेरिकी योङ्गलाई हराउन दुई घण्टा ११ मिनेट लागए ।

नाडालले अब तेस्रो चरणमा ३० औं बरियताका रुसी खेलाडी कारेन खाचानोभसँग शुक्रबार खेल्ने छ ।

यस्तै विश्व नम्बर एक एण्डी मुर्रे पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बेलायती मुर्रेले जर्मनीका डस्टिन ब्राउनलाई ६–३, ६–२ र ६–२ को सेटमा हराउँदै अघिल्लो चरणमा स्थान पक्का गरेका हुन् ।

तपाईको प्रतिक्रिया