Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – विश्व नम्बर दुई नोभाक जोकोविच र तेस्रो बरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो चरणमा जोकोविच र फेडेररका प्रतिस्पर्धी खेलाडीले चोटका कारण नखेलेपछि पूरा खेल नखेलेपछि दुवैजना दोस्रो चरणमा पुगेका हुन् ।  फेडेररले ६–३ र ३–० ले अग्रता लिएको अवस्थामा युक्रेनका अलेक्जेण्डर डोल्गोपोलोभले चोटका कारण खेल छोडेका थिए ।

यस्तै जोकोविचले ६–२ र २–० को अग्रता लिएको अवस्थामा प्रतिस्पर्धी मार्टिन क्लिजानले चोटका कारण खेल छोडेका थिए । डोल्गोपोलोभ र क्लिजान दुवै पछिल्लो समय चोट मुक्त हुन संघर्षरत छन् । ***

तपाईको प्रतिक्रिया