Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – उन्नाइस वर्षमुनीको विश्वकप छनौट खेलको तयारीको लागि भारत गएको नेपाली टोलीले भारतको फ्रेन्डस् स्पोर्टस एकेडमी नोयडाको टिमलाई १ सय २१ रनले हराएको छ ।

नोयोडाका फ्रेन्डस् स्पोर्टस एकेडमीमा नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको फ्रेन्डस् एकेडमीले ३२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्रै बनाएपछि नेपाल १ सय २१ रनले विजयी भयो ।

फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १ सय २९ रनमा सिमित गर्न नेपालका शाहव आलमले ३, सन्दीप लामिछानेले २ र रोहित पौडेलले २ विकेट लिए । यअअघि टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २ सय ५० रन बनाएको हो । नेपालका अनिल साहले ५० र प्रनित थापाले ८७ रन बनाए ।

यस्तै दिपेन्द्रसिंह ऐरी ४४, आदिल खाँन १३, सन्दिप सुनार १० र आसिफ शेख शुन्यमै आउट भए । रोहित पौडेलले २३ रन बनाए ।  १९ वर्षमुनिको विश्वकप छनोट आगामी साउन १ गतेदेखि १० गतेसम्म सिंगापुरमा हुँदैछ ।

छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तानले डबल राउण्ड रोबिनका आधारमा खेल्ने छन् । शीर्ष टोली न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुने छन् ।

तपाईको प्रतिक्रिया