Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस खेलाडी रफाईल नदाल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

इंग्लण्डमा जारी वर्षको तेस्रो ग्राण्ड स्लाम अन्तर्गत हिजो भएको खेलमा जोन मिलमानलाई ६–१, ६–३ र ६–२ ले हराँउदै नदाल दोस्रो चणमा प्रवेश गरेका हुन् ।

दोस्रो चरणमा नदालले अमेरीकी खेलाडी डोनाल्ड योङसँग खेल्नेछन् ।

उता पाँचौ वरियताका स्विस खेलाडी स्टानिस्लास वावरिन्का भने पहिलो खेलमै पराजित भएका छन् ।

वावरिन्कालाई रुसका डानिल मेदभेदेभले ६–४, ३–६, ६–४ र ६–१ ले हराएका हुन् ।

विम्बल्डन टेनिस अन्तर्गत पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै ब्रिटेनका एण्डी मरे र फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया