Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आजराती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन् ।

सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । समूह चरणमा भएको खेलमा जर्मनी र चिलीले १- १को बराबरी खेलेका थिए । उक्त खेलमा चिलीका एलेक्सिस स्यान्चेजले अग्रता दिलाएपनि लार्स स्टीन्डलले बराबरी गोल फर्काएका थिए ।

जर्मनीका प्रशिक्षक जोकिम लोले चिलीविरुद्धको खेलमा टोली निकै सजग हुनुपर्ने बताए । ‘हामीले खेलको सुरुवात देखिनै पकड बनाउन एकदम जरुरी छ ।  यता चिलीका प्रशिक्षक एन्टोनियो पिज्जीले भने युवा खेलाडीले भरिपूर्ण भएतापनि जर्मनी एक अब्बल टोली रहेको बताए । ‘जर्मनीसँग युवा भएर पनि धेरै अनुभव बटुलेका खेलाडीहरु छन् ।

खेल नेपाली समयानुसार रातको ११ः४५ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया