Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

प्यूठान – प्यूठानको माण्डवी गाउँपालिकामा एमालेका उम्मेदवार श्रीधर रोका १२ मतले विजयी हुनुभएको छ । एमालेका श्रीधर रोका १७५३ मतसहित विजयी हुनुभयो भने माओवादीका नवराज अधिकारीले १७४१ पाउनुभयो ।

उपाध्यक्ष माओवादी केन्द्रकी मुगा पुन मगर १८३५ मतसहित विजयी हुनुभयो भने एमालेकी सम्झना घर्तिमगरको १७६९ मत अएको छ ।  योसँगै प्यूठानमा एमालेले सरुमारानी र माण्डवी गाउँपालिकामा विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चा यसअघि नै २ तहमा विजयी भएको थियो । अन्य ५ स्थानीय तहमा मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया