Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

कपिलवस्तु – कपिलवस्तुका १० वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान भैरहेको छ ।

कपिलवस्तुका वाणगंगा नगरलालिका, वुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महारागञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका, यसोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा मतदान भैरहेको हो ।

चुनाव वहिष्कार गरेको राजपाका नेता तथा कार्यकर्ता पनि मतदानको लागि विहानैदेखि लाइनमा बसेका छन् ।नेताहरुले बहिष्कार गरेपनि भोट हाल्न पाउनु आफूहरुको अधिकार भएको भन्दै उनीहरु लाइनमा बसेका हुन् ।

यस्तै राजपाका नेता बृजेश कुमार गुप्ताले पनि कपिलवस्तु नगरपालिकाको भगवानदास माविमा मतदान गर्ने तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया