Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन शुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान शुरु भएको हो ।

बिहान ७ बजेबाट शुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा गत वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।

दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन भइरहेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् ।

दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक वडामा ४ सदस्यमध्ये एक जना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले तीमध्ये एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधानले महिला प्रतिस्पर्धीको संख्या उल्लेख्य छ ।

पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन २०५४ सालको जेठयता भएको थिएन । २०५९ साल असारमा निर्वाचित जनप्रतिनिधिहरूको अवधि सकिएयता स्थानीय निकाय कर्मचारीको भरमा थियो ।

यसैबीच दोस्रो चरणको निर्वाचनमा ४८ संस्थाका ६ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गरिरहेका छन् । आयोगले ३५ जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता परिचालन गरेको जनाएको छ । नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेलधुरामा अवलोकन भ्रमणको अनुमति दिइएको छ ।

कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया